http://bit.ly/bajajdurbartimes

बम आक्रमणमा वरिष्ठ अफगान अधिकारीको हत्या


बम आक्रमणमा वरिष्ठ अफगान अधिकारीको हत्या

सिन्ह्वा | अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगी समेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उनका कार्यालय सहयोगी बम आक्रमणमा मारिएका बताए । दुबै सरकारी पदाधिकारी चढेको सवारी साधनमा बम राखेर रिमोटबाट पड्काइएको बताउँदै प्रवक्ता तारिकले सवारी साधनमा रहेका दुई सुरक्षाकर्मी गम्भीर घाइते भएको जानकारी दिए ।

आक्रमणबाट सवारी साधन पनि नराम्रोसँग क्षतिग्रस्त भएको छ । प्रवक्ता तारिकले उक्त घटनाको अनुसन्धान भइरहेको बताए । उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । तर अफगान सरकारी अधिकारीहरुले उक्त आक्रमण विद्रोही तालिबानले गराएको दाबी गरेका छन् ।

हालैका महिनाहरुमा अफगानिस्तानका ठूला शहरहरुमा तालिबान समूहले घुसपैठ गरी सिलसिलाबद्ध आक्रमण जारी राखेको अफगानी अधिकारीहरुको भनाई छ । मङ्गलबार नै काबुलकै पूर्वी क्षेत्रमा सशस्त्र लडाकूले प्रहार गरेको गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान जानुका साथै अरु दुई प्रहरी घाइते भएका छन् । गत नोभेम्बर महिनामा मात्र झण्डै ४४ जनामाथि भएका व्यक्ति–लक्षित आक्रमणमा ज्यान गइसकेको छ ।

यो पनि पढ्नुहोस्:

1

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता

2

माउन्ट के टु गएकाे भए फर्किन्न थिएँःप्रधानमन्त्री

3

सन्दीप आबद्द होबार्ट प्ले अफ पुग्न असफल,पुछारको टोलीसँग पराजित

4

५० हजारभन्दा बढी शंकास्पद आवेदन, कहिले हाेला बाँडफाँड

5

नेकपाकाे अध्यक्ष बन्लान त वामदेव ?

6

पोर्न साइट हेर्ने २० लाख प्रयोगकर्ताको डेटा लिक


Share Tweet Send