बाेनिता शर्मालाई तेश्राे अन्तराष्ट्रिय पुरस्कार


बाेनिता शर्मालाई तेश्राे अन्तराष्ट्रिय पुरस्कार

महिला र बालबालिकाको स्वास्थ्य र पोषणमा काम गर्दै आएकी युवा अभियन्ता बोनिता शर्माले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी छिन्। अमेरिकी अर्बपति  बिल गेट्स र उनी श्रीमती मेलिन्डाको नाममा स्थापित ‘गेट्स फाउन्डेसन’ले हरेक वर्ष प्रदान गर्ने ‘गोलकिपर ग्लोबल गोल्स प्रोग्रेस अवार्ड २०२०’ उनले जितेकी हुन्।

अवार्डसँगै उनले १० हजार अमेरिकी डलर पनि पाउनेछिन्। फाउन्डेसनबाट यो अवार्ड जित्ने उनी पहिलो नेपाली पनि हुन्। बोनिताले समुदायस्तरमा गरेको कामको मूल्यांकन गर्दै यो अवार्ड दिइएको फाउन्डेसनले जनाएको छ। अघिल्ला वर्षहरूमा न्यूयोर्कमै आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिने भए पनि यसवर्ष कोभिड-१९ का कारण त्यो सम्भव नभएको फाउन्डेसनले जानकारी गराएको बोनिताले बताइन्।

उनले गरेको कामको डकुमेन्ट्री बनाएर विभिन्न सञ्चारमाध्यम र विभिन्न ठाउँमा प्रेरणादायी कामको रूपमा देखाइन्छ। उनीसँगै यो अवार्ड नाइजेरियाकी एक महिला र भारतको एक संस्था (मास प्रोजेक्ट फाउन्डेसन) लाई दिइएको २२ सेप्टेम्बरमा गेट्स फाउन्डेसनको वेबसाइटमा राखिएको छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...