http://bit.ly/bajajdurbartimes

ब्राेकर कमिसन घटाउने मागसहित लगानीकर्ताहरूद्वारा धिताेपत्र बाेर्डमा ज्ञापनपत्र बुझाइयाे


ब्राेकर कमिसन घटाउने मागसहित लगानीकर्ताहरूद्वारा धिताेपत्र बाेर्डमा ज्ञापनपत्र बुझाइयाे

ब्रोकर कमिसन घटाउन लगानीकर्ताहरुको संगठनले नेपाल धितोपत्र बोर्डलाई ज्ञापन पत्र बुझाएका छन् । पुँजी बजारमा सक्रिय ५ वटै लगानीकर्ता संघसंगठनका प्रतिनिधिले बोर्ड समक्ष ज्ञापन पत्र बुझाएका हुन् । बोर्ड अध्यक्ष भिष्मराज ढुंगाना मुलुक बाहिर रहेकाले उनीहरुले बोर्ड प्रतिनिधि मुक्ति श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिइन् ।

पुँजी बजार प्रविधिमैत्री बन्दै गएको र कारोबार भोल्यूम समेत बढेको भन्दै लगानीकर्ताहरुले तत्काल ब्रोकर कमिसन घटाउन माग गरेका हुन् । अहिले धेरै लगानीकर्ताले अनलाइनमार्फत आफैं सेयर किनबेच गर्न थालेका छन् । यस्तो अवस्थामा ब्रोकरको कामको प्रेसर पनि घटेको छ ।

नेपालकाे ब्राेकर कमिसन दक्षिण एशियाकै दाेश्राे महंगाे
केहिदिन यता शेयर बजारमा उच्च काराेबार भैरहेकाे छ । उच्च काराेबार हुँदा लगानीकर्ताले मात्र हैन नेप्से , ब्राेकर र धिताेपत्र बाेर्डले पनि राम्राे आम्दानी हात पारिरहेका छन् । दैनिक ६,७ अर्बकाे काराेबार भैरहँदा सबैभन्दा बढी फाइदा भने ब्राेकर अफिसहरूलाइ भैरहेकाे देखिन्छ । दक्षिण एशियाकै दाेश्राे महङ्…

यसर्थ, हाल कायम ब्रोकर कमिसन उच्च भएकाले तत्काल घटाउनुपर्ने उनीहरुले बोर्ड समक्ष माग राखेका छन् । अहिले न्यूनतम ०.४% देखि अधिकतम ०.६% सम्म रहेको ब्रोकर कमिसन ०.२५% सम्म झार्न लगानीकर्ताले माग राखेका छन् । विगत लामो समयदेखि लगानीकर्ताले ब्रोकर कमिसन घटाउन नियामक निकायसँग आग्रह गर्दै आएका छन् ।

नेपाली पैसा

1

महिला लिगमा आज त्रिभुवन आर्मी र एपिएफ भिड्दै

2

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

3

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

4

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

5

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

6

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली


Share Tweet Send