नेपाल धिताेपत्र बाेर्डले ब्राेकर कमिसन घटाउनका लागि चरणबद्द रूपमा तयारी गरिरहेकाे बताएकाे छ । बाेर्डले ब्राेकर कमिसन घटाउनका लागि सम्भाव्यता अध्ययन गर्न गठन गरेकाे समितिले प्रतिवेदन धिताेपत्र बाेर्डमा बुझाएपछि बाेर्डले आवश्यक तयारी थालेकाे हाे ।
ब्राेकर कमिसनलाइ समयसापेक्ष समायाेजन गर्नका लागि सराेकारवालाहरूसँगकाे छलफलपछी एउटा निर्णयमा पुग्न सहज हुनेपनि बाेर्डले बताएकाे छ ।
लगानीकर्ताले पुँजी बजार प्रविधिमैत्री बन्दै गएको तथा कारोबार भोल्यूम समेत निकै बढेको भन्दै तत्काल ब्रोकर कमिसन घटाउन माग गरेका छन् । अहिले धेरै लगानीकर्ताले अनलाइनमार्फत आफैं सेयर किनबेच गर्न थालेका छन् । ब्रोकरहरुले गर्नुपर्ने कागजी प्रक्रिया पनि निकै हटेको छ । यस्तो अवस्थामा ब्रोकरको कामको प्रेसर पनि घटेको लगानीकर्ताको भनाई छ । यसर्थ, हाल कायम ब्रोकर कमिसन उच्च भएकाले तत्काल घटाउनुपर्ने उनीहरुको माग छ ।
लगानीकर्ताहरूकाे मागप्रति सकारात्मक रहेकाे भन्दै केही समयअगाडी बाेर्डले ब्राेकर कमिसन सम्बन्धी अध्ययन गर्न समिति बनाएकाे थियाे । उक्त समितिले आफ्नाे प्रतिवेदन बुझाएपछि अब बाेर्डले अन्तिम निर्णय लिनेछ । यसका लागि केही समय भने लाग्न सक्ने बाेर्डले बताएकाे छ ।