Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

बुढाहरूकाे गफ


बुढाहरूकाे गफ

गाउँका एकजना हजुरबुबाले भन्थे - बिहीबार नङ काट्न हुन्न । नकाट् !!

उतिबेला आफुलाई निकै प्रगतिशील मानिन्थ्यो, टेरिएन ।
तर,
त्याे एकदमै वैज्ञानिक कुरा रहेछ, वैज्ञानिक कारण सहितकाे कुरा रहेछ । कुनै अन्धविश्वास या धार्मिक प्रचलन हाेइन रहेछ ।

अलि ठूलो भएपछि, मैले तिनै हजुरबासँग साेधेँ - "हजुरबुबा ! किन काट्नुहुन्न बिहीबार नङ ? यस्ताे कुरा कसले मान्छ हिजोआज ? कारण त बताउनुस् !!"

हजुरबाले गाेजीबाट सिन्का निकालेर दाँत काेट्याउँदै भन्नुभयाे - "बिहीबार नङ काटिस् भने शुक्रबार बेलुका बियरकाे बाेत्तल केले खाेल्छस् त नि उल्लु ? सीतन बनाउने चाउचाउकाे खाेल केले खाेल्छस् ? नङ त पाल्नुपर्छ ।"

मन प्रसन्न भयाे । कारण बुझियाे । नङ पाल्न थालियाे ।

धेरै वर्षपछि आज बुढालाई भेट्न गएँ । बुढा त आगनकाे खाटमा उपरखुट्टी लाएर बसेका । जानेबित्तिकै ढाेगभेट गरेपछि बुढाले भने - "ए अल्ठ्याङ्ग्रा ! त्याे रेडियाे बजा त, सुइच कुट्ट पार् !!"

रेडियोमा गाना बज्याे -

रिङ्केबुङकाे राँगाेलाई, चुङ्केबुङकाे चुलेसीले,
ताप्लेजुङमा ताकेर, कालेबुङमा काटेर,
अरुण तमाेर तराैँला, तीते फापर छराैँला,
फूल लाउँला केशरी,
खाउँला बेसरी !!

हाहाहाहाहा - बुढा घर उचालिने गरी हाँस्न थाले । एकछिन पछि भने - "याे गीत गाउने मान्छे  हाम्रो प्रधानमन्त्री त हाेइन ? आकाशपाताल जाेडेर गीत गायाे त !"

मैले साेधेँ - "के भयाे र बा ?"

बुढाले भने - "बुझिनस् उल्लु ! रिङ्केबुङकाे राँगाेलाई चुङ्केबुङकाे चुलेसीले काट्छु भन्छ । चुलेसीले राँगाे काट्ने कस्ताे प्राणी हाेला ? अनि काट्छु भन्दा कसले पत्याउने हाेला ? अझ गफ हानेको सुन न, नेपालकाे ताप्लेजुङमा काट्छु भनेर ताकेपछि सिक्किमको कालेबुङमा गएर मार हान्ने किन हाेला ? कि काट्न आँटेकाे राँगाे फुत्केछ ? यस्ता उग्र उग्र गफ हान्ने त हाम्रा प्रधानमन्त्री हुन् ।

चुच्चे रेल पनि मुखैले हालिदिए । ७४ सालमै कुश्मामा स्टेसन बनाएर मुक्तिनाथ लुम्बिनी रेल हाल्छु भन्थे । पानीजहाज कुदाउँछु भन्थे । कुदाइहाले । त्यस्तै गफ हान्याे याे गीत गाउनेले पनि ।

अरु के छ केटा खबर ? कति कामले आइस् ?

मैले भनेँ - बा ! ज्ञानगुनका कुरा सिकाउनुहुन्थ्याे पहिला त एउटा कुरा साेध्न आकाे ।
बुढाले भने - लाै भन, के कुरा ?
साेधेँ - केटीले किन प्रेम प्रस्ताव नराखेका बा ? जहिले नि केटाले नै राख्नुपर्ने किन हाे ?
बुढाले बडा गजबकाे जवाफ दिए - राख्दैनन् बा राख्दैनन् केटीले प्रस्ताव । त्रेतायुगमा शुर्पणखाले प्रस्ताव राखेकी थिइन्, लक्ष्मणले नाकै काट्दिए । त्यसपछि केटीहरू डराएर प्रस्ताव राख्नै छाेडे ।

बुढाका यस्तै गफ चुट्की मारी मारी सुन्दै दिन बिताएर आइयाे !!

चिरन्जीवी ढकालका अन्य रचना पढ्नुहोस्

शेरबहादुरकाे सपना
″कर्णालीपार काठमाडौं सम्पर्क समिति”को पाटीमा घाँटीसम्म हुनेगरी मासुभात दन्काएर आएपछि शेरबहादुर देउबा बैठक काेठाकाे बिस्तारामा ढल्के । ”घरैपछि प्राेजेक्ट, गाउँपिच्छे सडक” बनाइदिए पछि त केटाहरुले मासुभात नख्वाएर हुन्छ ? साह्रै मीठाे बनाएछ क्याटरिङवालाले । अलिकति फ्राइड बाेकेर ल्याएको भए त बेलुकालाई स…
वासिङ्टन, राष्ट्रपति आवास, अमेरिका
आइतबार छुट्टी हुने भएकाेले, राष्ट्रपति ट्रम्प शनिबार बिहानदेखि देखि नै मूडमा थिए । चुनाव जित्छु भन्ने कन्फिडेन्ट उस्तै थियाे । स्वकीय सचिवलाई बाेलाएर बेलुका पाटीकाे आयाेजना गर्ने व्यवस्था मिलाउनु भनेर अह्राए । “As you wish Boss!” आज्ञा तुरुन्त पालना भयाे । शनिबार साँझ अमेरिकी राष्ट्रपति निवासमा ”न …
ओलीबाको अन्तर्वाता
पत्रकार: नमस्कार ! आराम हुनुहुन्छ ? ओलीबा: हजुर, कुप्रालाई उठी सुख न बसी सुख ! प्रचण्ड र माकुनेले हैरान पारेका छन् । पत्रकार: दशै कस्तो रह्याे ? ओलीबा: कस्ताे हुनु? टिका लगाइयाे । सेल खाइयाे । पत्रकार: अनि, घरमै बसेर टिका लगाउनु भनेर आफैले निर्देश गर्ने अनि आँफै राष्ट्रपतिकाेमा जाने ? ओलीबा: के…
जले विष्णुः स्थले विष्णुः सर्वम् विष्णुमयम् जगत् !
बालुवाटारकाे ६५ इन्च टिभीमा कमेडी शाे चलिरहेको बेला धार्मिक विज्ञापन आयाे । टिभी हेरिरहेका ओलीबा झसङ्ग भए । अहाे ! हाे त है, जलमा पनि विष्णु, स्थलमा पनि विष्णु, जता पनि विष्णु नै विष्णु रहेछन् तर मेराे क्याबिनेटमा मात्रै विष्णु छैनन् । कसरी डाकाैँ ? कुन मन्त्रले आवाहन गराैँ ? फेरी, कम्युनिस्ट भइ टाे…
के लाग्छ र! भाग्यमा नै ‘श्री’ लेखेपछि
स्वस्ति श्री गिरिराज चक्रचूडामणि………… समरविजयिनाम् ………… तपाईं श्री युवराज खतिवडालाई राष्ट्रिय याेजना आयाेगकाे सदस्यमा नियुक्त गरिएकाे छ । अहाे आश्चर्यम् ! खतिवडा बाजेकाे खुशीकाे सीमाना रहेन । गाेडा भुइँमा रहेनन् । १२२७ किलोमिटर प्रतिघन्टाकाे गतिमा गाडी भगाएर घरतिर टाप कसे । घरकाे आँगनमा गएर ७ फन्का…
राजधानी भालुवाङ
हिजो भर्खर हातकाे ४ लाखका हिसाबले ८० लाख मूल्य गरेर ग्राहकलाई जग्गा देखाएर घर आएका दले दाइ आज त्यही ग्राहकलाई जग्गा भिडाउन मालपाेत जाने तयारीमा थिए । काेराेनाकाे मन्दीले ५ महिनासम्म घरमा घिराैँला खाँदाखाँदा वाक्क भएको उनकाे जिब्रो घडेरी बिकेपछि मासु खान पाइने लाेभमा र्याल टप्काउँदै थियाे । बडा मुस्क…
एकपाखे
पानी परिरहेको दिन, लाेहीमुते गाेरूलाई ख्वाउने भनेर पारी पाखाबाट १ भारी घाँस सकी नसकी ल्याएँ। चिसापाखे भन्ने ठाउँबाट ल्याएको चीसाे पानीकाे छहरे धारामा सर्लक्क नुहाएँ । जिउ फुर्तिलो भयाे । बासी राेटी चियामा डाेबेर खाजा खाँदै टिभी हेर्न बसियाे । जन्ता जान्न चाहन्छ भन्दै टेलिभिजन सेटकाे एउटा कुर्सीमा …
1

नेपाल टेलिकमबाट नागरिक एप चलाउँदा शुल्क नलाग्ने

2

पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

3

नेप्से ४० अंकले बढ्दा निफ्राको मात्रै साढे ४४ करोडको कारोबार

4

युनाइटेड र चेल्सी बराबरीमा रोकिए

5

टोटेनहम र लिभरपुल बिजयी

6

लगातार सर्किटकाे यात्रामा चन्द्रागिरी


Share Tweet Send