durbar-times

बुर्कामाथि प्रतिबन्ध लगाउँदै


बुर्कामाथि प्रतिबन्ध लगाउँदै

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै श्रीलंकाले मुस्लिम महिलाले अनुहार र शरीर छोप्न लगाउने बुर्का र बच्चाहरू पढ्ने १ हजार बढी मदरसा बन्द गर्ने भएको छ। सार्वजनिक सुरक्षा मन्त्री सारथ वीरासेकाराले बुर्कामा प्रतिबन्ध र मदरसा बन्द गर्ने प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको बताए। ‘मैले शुक्रबार क्याबिनेटको अनुमोदनको लागि एउटा पत्र लेखेको थिएँ जस लाई क्याबिनेटले अनुमोदन गरेको छ । अब संसदले निर्णयलाई अन्तिम रुप दिनेछ’ उनले भने ।

यो निर्णयले श्रीलंकामा ठूलो संख्यामा अल्पसंख्यक मानिसहरु प्रभावित हुनेछन्। अधिकारीहरुले सरकारले निर्णय गरेको यो नियम अब छिट्टै कार्यान्वयनमा ल्याउने बताए। सरकारले यो निर्णय सार्वजनिक स्थलमा मानिसहरुको सुरक्षालाई ध्यानमा राख्दै गरिएको बताएको छ।

सन् २०१९ को अप्रिलमा क्याथोलिक चर्चहरु र होटलहरुमा भएको आत्मघाति आक्रमणमा परी २५० भन्दा धेरै मानिसहरुको मृत्यु भएको थियो। इस्लामिक संगठनले यो आक्रमणको जिम्मेवारी लिएको थियो।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send