http://bit.ly/bajajdurbartimes

बुटवलमा अर्थमन्त्री पौडेललाई कालो झण्डा


बुटवलमा अर्थमन्त्री पौडेललाई कालो झण्डा

बुटवल — बुटवलमा बुधबार नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीका कार्यकर्ताले अर्थमन्त्री विष्णु पौडेललाई कालो झण्डा देखाएका छन् ।

लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड)मा नेकपाका महासतिवसमेत रहेका अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन् ।

पौडेलविरुद्ध तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए । विरोध प्रदर्शनपछि नेपाली कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेले विकास निर्माणका काममा कांग्रेसको समर्थन भए पनि राजधानी सारेकामा कांग्रेसले विरोध गरेको जनाए ।

यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए । मंगलबार रुपन्देही आएका महासचिब पौडेल रुपन्देहीमा २ दिन विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send