एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शसस्त्र समर्थकहरु जवर्जस्ती क्यापिटल भवनमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मिसंग भिडन्त भएको छ । सो भिडन्तमा चार जना व्यक्तिको ज्यान गएको स्थानिय संचार माध्यमले जनाएका छन् ।
डेमोक्रेटिक जाय बाइडेनले नोभेम्वरमा सम्पन्न राष्ट्रपतिय चुनाव जितेको औपचारिक घोषणाका लागि बोलाइएको कंग्रेसको बैठक यस हिंसात्मक घटनाको कारण आकस्मिक रुपमा रोकिएको छ भने अर्को बैठक बोलाइने भएको छ ।
यस विषयमा अमेरिकाका पूर्वराष्ट्रपतिहरूले समेत विरोध जनाएका छन् ।
यसो भन्छन् पूर्वराष्ट्रपतिहरू :
बराक ओबामा
इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झने बतएका छन् । ‘यो देशको लागि ठूलो अनादर भएको र देशको लज्जा दिनको रूपमा सम्झिइनेछु।
विल क्लिन्टन
जबरजस्ती गलत सूचना फैलाएर गरिएको चार वर्षको विषाक्त राजनीतिले मलजल गरेको अविश्वास झल्काउने हमला जसले अमेरिकीहरूलाई एकविरुद्ध अर्को उभ्याइरहेको छ।
जर्ज डब्ल्यु बुस
चुनावी नतिजाको यस्तो विवाद बनाना रिपब्लिक (अस्थिर राजनीतिक व्यवस्था) मा हुन्छ, हाम्रो प्रजातान्त्रिक गणतन्त्रमा होइन। यो केही लापरबाही राजनीतिक नेताको व्यवहारबाट मञ्चन भएको हो।