http://bit.ly/bajajdurbartimes

कोरोनाभाइरसको नयाँ स्वरुप देखिएपछि कर्फ्यू जारी


कोरोनाभाइरसको नयाँ स्वरुप देखिएपछि कर्फ्यू जारी

कोरोनाभाइरसको नयाँ स्वरुप देखिएपछि भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार, शुक्रबार र शनिबारका लागि कर्फ्यू जारी गरिएको छ । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले कोरोनाभाइरसको संक्रमण जोखिम रहेका बेला नयाँ वर्षको अवसरमा भीडभाडा हुन सक्ने भन्दै तीन दिन कर्फ्यू जारी गरेको हो ।

विज्ञप्ति जारी गर्दै डीडीएमएले ३१ डिसेम्बर (आज) राति ११ बजेदेखि भोलि शुक्रबार बिहानसम्म र जनवरी १ अर्थात् शुक्रबार पनि राति ११ बजेदेखि पर्सी जनवरी २ शनिबार बिहान ६ बजेसम्म कर्फ्यू लागू रहने उल्लेख गरेको छ।

यस समयमा सार्वजनिक ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाउने र नयाँ वर्ष सार्वजनिक स्थानहरूमा निषेध गरिएको छ। डीडीएमएले कोरोनाभाइरसको नयाँ स्वरुप देखिएपछि सार्वजनिक ठाउँहरुमा भेला वा जमघट हुँदा नयाँ स्ट्रेनको भाइरस फैलिन सक्ने भन्दै सो कदम उठाएको जानकारी दिएको छ।

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send