Information is intelligence

Health

पर्सिदेखि भेरोसेलको दोस्रो डोजका लागि देशभर अभियान

काठमाण्डाै | सरकारले पर्सि शुक्रबारदेखि दोस्रो डोजको खोप दिन देशभर अभियान सुरु गर्ने भएको छ । गएको असार २९ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले पर्सिदेखि दोस्रो डोज पाउने स्वाथ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा  विभागले जनाएको छ । पहिलो डोज लगाएका ५५ वर्षदेखि माथिका नागरिकलाई २१ दिनपछि दोस्रो डोज दिन लागिएको हो ।  यस्तै, अहिलेसम्म खोप नलगाएका व्यक्तिले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेभसाइटमा अनिवार्य...

थप डेढ करोड खोप किन्दै छाैँ-स्वास्थ्य राज्यमन्त्रीकाे दाबी

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्ध डेढ करोड खोप खरिद गर्न लागेको बताएका छन् । उनले खोप खरिद र व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको भन्दै सरकार तेस्रो लहरको तयारीमा जुटिसकेको बताएका हुन् । उनले खरिद गरिएकोमध्ये आठ लाख डोज खोप तत्काल आउन लागेको र एक सातामा थप १६ लाख खोप आउन लागेको पनि उल्लेख गरे । रोटरी क्लब काठमाडौंद्वारा शुक्रबार आयोजित सम्मान कार्यक्रममा उनले भने, ‘१२ वर्षभन्दा...

अपाङ्गता भएका महिलाहरु र महिनावारीका चुनौतीहरु

महिनावारी भनेको महिलाहरुको विकासका क्रममा हुने एक प्राकृतिक प्रक्रिया हो । यसले प्रजनन् स्वास्थ्य राम्रो छ भन्ने कुराको संकेत गर्दछ । महिनावारी विशेष गरी ९ वर्षको उमेर देखि १६ वर्ष भित्रमा हुने हुन्छ भने सामान्यतया ४ दिन देखिी ५ दिन सम्म रक्तश्रवाप हुने हुन्छ । यो कार्य व्यक्ति अनुसार पनि फरक हुन सक्छ । हाम्रो समाजमा महिनावारीका विषयमा अझै पनि नकारात्मक सोच र परम्पराहरु...

पछिल्लो २४ घण्टामा थप १९८२ जनामा कोरोना संक्रमण पुष्टि

काठमान्डौ | नेपालमा पछिल्लो २४ घण्टामा थप १९८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर १६७८ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७९ जना पुगेको छ ।

थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

चीनबाट शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए । निगमको बिमानले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप लिन बिमान शनिबार फेरि बेइजिङ जाने छ । चीनको सिनोफार्म कम्पनीबाट नेपालले खरिद गरेको ४० लाख डोज खोप नेपाल वायुसेवा निगमको विमानले ओसारिरहेको छ...

सुगर नियन्त्रण गर्न अपनाउनुपर्ने कुरा के के हुन् ?

अहिले खानपान र जीवनशैलीमा ध्यान नपुर्याउने मानिसमा मधुमेहको जोखिम बढ्दो छ । मीठो, मसिनो खाने र शारिरीक परिश्रम नगर्ने र बढि आराम गर्ने मानिसमा मधुमेहको जोखिम हुने गर्दछ । मधुमेह/ सुगर नियन्त्रण गर्ने केहि तरिका : १. नियमित बिहान र साँझ १५ मिनेट हिँड्ने गरेमा ब्लड सुगर लेभल नियन्त्रण हुन्छ । त्यसैले मधुमेह रोगीको लागि हिँडडुल गर्नु राम्रो व्यायम हो । २. मधुमेह रोगीले...

एमाले नेता खनालको उपचारका लागि ३० लाख निकासा

काठमाडौं : नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि कानुन विपरीत ३० लाख रुपैयाँ निकासा भएको छ । दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् । एमाले नेताहरुका अनुसार उनको मिर्गौला प्रत्यारोपण गरिनेछ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत...

आज चीनबाट आठ लाख डोज खोप आउँदै

काठमाडौं : चीनबाट आज कोरोना भाइरसविरुद्धको आठ लाख डोज खोप आउन लागेको छ। बुधबार बेइजिङ गएको नेपाल एयरलाइन्सको जहाज आज खोप लिएर फर्किन लागेको हो। दिउसो खोप लिएर वाइडबडी जहाज काठमाडौं अवतरण गर्ने नेपाल वायु सेवा निगमले जनाएको छ। यसअघि असार २५ गते पनि नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप लिएको थियो। त्यो खोप लगाउन थालिएको छ। आजै फेरि खोप ल्याउन जहाज बेइजिङ जाने कार्यतालिका रहेको...

हिमालपारिको दुःख : ट्र्याक्टरमा खोप ढुवानी

हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो । गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ । भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सदरमुकाम जोमसोमबाट लोमान्थाङ ढुवानी गर्न पाण्डाखोलाले असजिलो पारेको थियो । लोमान्थाङबाट जोमसोमका लागि पठाइएको...

सहकारीले सञ्चालनमा ल्यायो आँखा उपचार केन्द्र

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । च्यारिटी हेल्थ फाउण्डेशन कैलालीसँगको साझेदारीमा सहकारीले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । सर्वसाधारणलाई सहज र सुलभरूपमा सेवा प्रदान गर्ने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालन गरिएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताए । “सहकारीको उद्देश्य नाफा आर्जन गर्ने मात्र होइन”, उनले भने, “सामाजिक क्षेत्रमा समेत...

Covid-19 Nepal update

Nepal
705,072
Total confirmed cases
Updated on August 4, 2021 8:47 pm
Nepal
33,464
Total active cases
Updated on August 4, 2021 8:47 pm
Nepal
661,651
Total recovered
Updated on August 4, 2021 8:47 pm
Nepal
9,957
Total deaths
Updated on August 4, 2021 8:47 pm

Latest Updates

spot_img