लालिगामा गएराति भएको खेलमा रियलले सेल्टा भिगोमाथि २-० को जित हात पारेको छ ।
रियलको घरेलु मैदानमा भएको खेलमा रियलका लागि लुकास भाज्गोयेजले पहिलो हाफको ६ मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफको ५३ औं मिनेटमा मार्कोस येसेनसियोले गोल गर्दै जित आफ्नो पोल्टामा पारेको हो ।
जित संगै १७ खेलमा ३६ अंक सहित रियल तालिकाको शीर्ष स्थानमा छ भने १७ खेलमा २३ अंक सहित सेल्टा भिगो तालिकाको आठौँ स्थानमा छ ।