छठका अवसरमा राष्ट्रपति सहभागी नहुने


छठका अवसरमा राष्ट्रपति सहभागी नहुने

काठमान्डौ | राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकी छिन् ।

राष्ट्रपति भण्डारी विगत वर्षका काठमाडौँका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन् ।

राष्ट्रपति भण्डारी यस वर्षको वडादशैँका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि गएकी थिइनन् ।

राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघन :भीम रावल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नेकपाको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपति पदको मर्यादा उल्लंघन भएको बताएका छन् । पार्टीको आन्तरिक राजनीतिक समस्यामा कुनै पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय हुँदा पदको मर्यादा उलंघन हुने र स्थापित प्रणालीको अवज्ञा हुने उनको भनाइ छ । राष्ट्रपति …
नेकपा युद्ध | लाञ्छनाहरु सहन्छु भन्ने नसोचे हुन्छ - केपी ओली
केपी शर्मा ओली | आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ । सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गुज्रिराखेका छैनौं । म एक दुईवटा कुरा राखौं …
ओलीलाई हटाउनैपर्छ: बाबुराम भट्टराई
काठमाडौं | जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले ओलीलाई हटाउनैपर्ने बताएका छन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको मनमुटावका कारण पार्टी फूटको संघारमा पुगेको टिकाटिप्पणी भइरहेको छ । भट्टराईले सामाजिक सञ्जालमा एक ट्वीट गर्दै ओली सरकारको असफलता र…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...