नियमित मर्मत सम्भारका लागि यही चैत १२ गते विहिबार एक दिन मनकामना केवुलकार सेवा बन्द हुने भएको छ ।
कोरोना महामरीका कारण ९ महिनासम्म बन्द रहेको केवुलकार गत मंसिर २८ गतेदेखि सञ्चालनमा आएको थियो । उक्त केवुलकार मर्मत सम्भारका लागि विहिबार बन्द गरिने मनाकामना दर्शन प्रा.ली.का नायब महाप्रवन्धक उज्जल शेरचनले जानकारी दिए ।
उनका अनुसार चैत १३ गते शुक्रबार देखि मनकामना केवुलकार पुनः नियमित सञ्चालनमा आउने छ । ( रा.स.स )