साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिख र म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा अस्ट्रियाको आरबी साल्जबर्गलाई ३-१ गोल अन्तरले पराजित गर्दै बायर्न नकआउट चरणमा पुगेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, किंग्सले कोम्यान र लोरी सानेले एक एक गोल गरे । साल्जबर्गका मेर्जिम बेरिशाले एक गोल फर्काए ।
जितसँगै समूह 'ए' को बायर्नले लगातार चौंथो जित समेत निकाल्यो । बायर्नले ४ खेलमा १२ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा रहेको छ ।
साल्जबर्ग १ अंक जोडेर पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा एट्लेटिको मड्रिडले लोकमोटिभ मस्कोसनाग गोलरहित बराबरी खेलेका छन् ।
यो पनि पढ्नुहोस्: फिफा 'द बेस्ट' अवार्डको मनोनयन सार्वजनिक
यता म्यानचेस्टर सिटी पनि नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा ग्रिसको ओलम्पियाकोसलाई १-० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम १६ को यात्रा तय गरेको हो । ओलम्पियाकोसको मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेनले निर्णायक गोल गरे ।
अपराजित रहेको सिटीले ४ खेलमा १२ अंक जोडेको छ । सिटी समूहको शीर्ष स्थानमा रहेको छ ।
ओलम्पियाकोस ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा पोर्टोले मार्सेलीलाई २-० ले हराएको छ । पोर्टो ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
मार्सेली अंक विहीन रहेर पुछारमा रहेको छ ।
यो पनि पढ्नुहोस्:
नेयमारको गोलमा पीएसजी र हालाण्ड चम्किदा डर्टमण्डको जित
म्यारोडोनालाई पेलेकाे श्रदान्जली, 'एक दिन हामी आकाशमा बल खेल्नेछौँ'