http://bit.ly/bajajdurbartimes

चेल्सी, सेभिया र युभेन्ट्स च्याम्पियन्स लिगको नकआउट चरणमा


चेल्सी, सेभिया र युभेन्ट्स च्याम्पियन्स लिगको नकआउट चरणमा

चेल्सी, सेभिया र युभेन्ट्स यूइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब रेनसलाई २-१ गोल अन्तरले पराजित गर्दै चेल्सीले नकआउट चरणमा स्थान पक्का गरेको हो । जितसँगै चेल्सीले समूह 'इ' बाट दुई खेल अगाबै नकआउट चरणमा स्थान बनाएको हो ।

चेल्सीले ४ खेलमा १० अंक जोडेको छ । चेल्सी शीर्ष स्थानमा रहेको छ । रेनस १ अंक जोडेर पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा सेभियाले एफसी क्रास्नोडरलाई २-१ ले हराएको छ । सेभियाको जितमा इभान राकिटिच र म्युनिर इल हडादीले एक एक गोल गरे । क्रास्नोडरका वान्डरसनले एक गोल फर्काए ।

जितसँगै सेभिया पनि नकआउट चरणमा पुगेको छ । सेभियाले ४ खेलमा १० अंक जोडेको छ । सेभिया समूहको दोस्रो स्थानमा रहेको छ ।

हंगेरीको एफटिसीलाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । एफटिसीका म्यर्टो युज्नीले एक गोल फर्काए ।

जितसँगै युभेन्ट्सले समूह 'जी' मा ४ खेलमा ९ अंक जोड्यो ।युभेन्ट्स दोस्रो स्थानमा रहेको छ । यस समूहबाट अपराजित बार्सिलोना पनि नकआउट चरणमा पुगिसकेको छ ।

एफटिसी १ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।

यो पनि: बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश, युनाईटेड नकआउट चरण नजिक

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send