एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा साविक विजेता बायर्न म्युनिखले आज आरबी साल्जबर्गसँग प्रतिस्पर्धा गर्दैछ ।
बायर्नले घरेलु मैदानमा अस्ट्रियन क्लबसँग खेल्नेछ । बायर्न र साल्जबर्गबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ । समूह 'ए' को बायर्नले ३ खेलमा ९ अंक जोडेको छ । बायर्न समूहको शीर्ष स्थानमा रहेको छ ।
घरेलु मैदानमा साल्जबर्गलाई हराएर बायर्न नकआउट चरणमा पुग्न चाहन्छ ।
यसै समूहको अर्को खेलमा एट्लेटिको मड्रिडले लोकमोटिभ मस्कोसँग खेल्नेछ । स्पेनिस क्लब एट्लेटिको ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।मस्को २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नेयमारको गोलमा पीएसजी र हालाण्ड चम्किदा डर्टमण्डको जित
यूइएफ च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले
साँघुरो जित निकालेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई १-० गोल अन्तरले
पराजित गरेको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमारले निर्णायक गोल गरे । यस जितसँगै पीएसजीले नकआउट चरणमा पुग्ने सम…
