http://bit.ly/bajajdurbartimes

आज च्याम्पियन्स लिगको अन्तिम १६ को 'ड्र'


आज च्याम्पियन्स लिगको अन्तिम १६ को 'ड्र'

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रि-क्वाटरफाइनलको 'ड्र' आज सार्वजनिक हुँदैछ ।

यूईएफएले आज अन्तिम १६ को 'ड्र' सार्वजनिक गर्न लागेको हो । यस पटक अन्तिम १६ मा स्पेनिस र जर्मन क्लबको वर्चश्व रहेको छ । स्पेन र जर्मनीबाट समान ४/४ क्लबले अन्तिम १६ मा स्थान बनाएका छन् । त्यस्तै ३/३ इंग्लिस क्लब र इटालियन क्लबले अन्तिम १६ को यात्रा गर्दा थप दुई क्लब भने पोर्चुगिज र फ्रेन्च क्लब रहेका छन् ।

यस सिजन समूह विजेता बन्दै बायर्न म्युनिख, रियल मड्रिड, म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी, बोरुसिया डर्टमण्ड, युभेन्ट्स र पीएसजीले अन्तिम १६ मा स्थान बनाए ।

त्यस्तै बार्सिलोना, एट्लेटिको मड्रिड, बोरुसिया मोन्चेनग्लाडवाक, पोर्टाे, एटलान्टा, सेभिया, लाजियो र आरबी लाइपजिग उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन् ।

यो पनि पढ्नुहोस्:


1

एक सिजनमा सर्वाधिक कमाई गर्ने क्लबकाे पहिलाे स्थानमा बार्सिलाेना

2

टी १० लिग आजबाट , साेमपालले खेल्ने सम्भावना, करणले के गर्लान?

3

सुरू भयाे स्वस्थानी व्रत , व्रतपूजामा ५० भन्दा बढी सहभागी हुन नपाउने

4

केपी ओलीलाई नोबेल पुरस्कारका लागि सिफारिस गराैँ : लोहनी

5

विहिबार सुनको मुल्यमा गिरावट

6

पुछारको सेफिल्डसँग युनाईटेड पराजित


Share Tweet Send