च्याम्पियन्स लिगमा ठुला क्लबले जित हात पार्दा रियल मड्रिड चुक्यो


च्याम्पियन्स लिगमा ठुला क्लबले जित हात पार्दा रियल मड्रिड चुक्यो

च्याम्पियन्स लिग फुटबलमा ठुला क्लबले जित हात पार्दा रियल मड्रिडले हार बेहोरेको छ ।

च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले एटलेटिको मड्रिडमाथि सहज जित दर्ता गरेको छ ।

च्याम्पियन्स लिगमा लगातार १२ खेलमा जित निकाल्ने क्रममा बायर्नले एट्लेटिकोलाई ४–० ले हराएको हो । समूह एको अर्को खेलमा आरबी साल्जबर्ग र लोकोमोटिभ मस्कोले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूहको पहिलो खेलमा जित निकाल्दै साविक विजेता बायर्नले ३ अंक जोडेको छ । एट्लेटिको अंक विहिन छ । साल्जबर्ग र मस्कोले १–१ अंक जोडेका छन् ।

यता लिभरपुलले अजाक्समाथि कठिन जित हात पारेको छ । बिहिबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले अजाक्सलाई १–० ले हराएको हो ।

सबैभन्दा धेरै रेड कार्ड पाउने १० खेलाडी - Top 10 Red Card Holders
धेरै खेलाडिहरूले करियरको क्रममा केवल केही रेडकार्डहरू प्राप्त गर्छन्। कुनै पनी अप्रिय घटना हुन नदिन तथा खेललाई नियन्त्रण गर्न रेडकार्ड रेफ्रीको लागि अन्तिम प्रयास हुनसक्दछ।सामान्यतया, रातोकार्ड सम्म पुग्ने घटनाहरू अन्जानमा हुन्छन् - लगभग हास्यास्पद। तथापि, केही खेलाडिहरू रेडकार्डहरू प्राप्त गरेरै …

समूह डीकै अर्को खेलमा एटलान्टाले मिडजिलेन्डलाई ४–० गोल अन्तरले पराजित गर्यो ।

प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै एटलान्टा र लिभरपुलले समान ३ अंक जोडे । अजाक्स र मिडजिलेनड भने अंक विहिन रहे ।

त्सतै म्यान्चेष्टर सिटीले एफसी पोर्टोलाई हराएको छ । बुधबार राति पुनरागमन जित निकाल्ने क्रममा सिटीले पार्टोलाई ३–१ गोल अन्तरले हराएको हो ।

समूह सीकै अर्को खेलमा ग्रिक क्लब ओलम्पियाकोसले फ्रेन्च क्लब मार्सेलाई १–० ले हरायो । च्याम्पियन्स लिगको पहिलो खेलमा जित निकाल्दै सिटी र ओलम्पियाकोसले समान ३ अंक जोडेका छन् । पार्टो र मार्से अंक विहिन छन् ।

इन्टर मिलान  समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा बुधबार राति इन्टरले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखसँग २-२ गोलको बराबरी खेलेको हो ।

इन्टर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

१ अंक जोडेको मुन्छेनग्लाडबाख दोस्रो स्थानमा रहेको छ ।

रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा हारबाट सुरुवात गरेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको पहिलो खेलमा रियल युक्रेनी क्लब शाख्तर डोनेस्कसँग ३-२ गोल अन्तरले पराजित भएको छ ।

जितसँगै समूह 'बी' को शाख्तरले महत्वपूर्ण ३ अंक जोडेको छ । र, शाख्तर समूहको शीर्ष स्थानमा रहेको छ । रियलले भने हारबाट सिजनको सुरुवात गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत नै समूह 'ए' को खेलमा साल्जबर्ग र लोकमोटिभ मस्कोले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

च्याम्पियन्स लिगमा युनाईटेड र युभेन्ट्सको जित, बार्सिलोनाको शानदार सुरुवात
च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना, युभेन्ट्स र युनाईटेड शानदार सुरुवात गरेको छ । मंगलबार राति समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्सभरोसमाथि ५–१ को जित सहित बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको हो । समूह जीको खेलमा बार्सिलोनाले ३ अंक बटुलेको छ । मार्कुस रासफोर्ड पुन एक पटक …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...