durbar-times

च्याम्पियन्स लिग : युभेन्टस र पोर्टो भिड्दै


च्याम्पियन्स लिग : युभेन्टस र पोर्टो भिड्दै

च्याम्पियन्स लिग अन्तर्गत आज रातीहुने दोस्रो लेगको खेलमा पोर्टोले युभेन्टसको समान गर्नेछ । खेल नेपाली समय अनुसार आज १:४५ मा सुरु हुनेछ ।

युभेन्टसको घरेलु मैदानमा हुनेखेलमा युभेन्टसलाई अन्तिम १६ मा जानको लागि आजको खेलमा २-० को अग्रताले जित्नै पर्ने दबाब छ भने पोर्टो आजको खेलमा  बराबरीमा रोकिए पनि अघिलो चरणमा प्रवेश गर्नेछ । अघिलो लेगमा २-१ ले पछि परेको युभेन्टसलाई आजको खेल जित्नै पर्ने दबाब रहेको हो।

च्याम्पियन्स लिगका राजा मानिने रोनाल्डोलाई आजको खेलमा अरुभन्दा बढी दबाब रहनेछ । क्लबमा भित्रिएकै वर्ष युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिने खतरामा थियो । पहिलो लेगमा एथ्लेटिको म्याड्रिडसँग २-० गोलले पराजित भएसँगै धेरैले युभेन्टस बाहिरिने लगभग पक्का भएको तर्क राखेका थिए ।

तर घरेलु मैदानमा भएको दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक गर्दै युभेन्टसलाई समाग्रमा ३-२ गोलको जित दिलाउदै क्वाटरफाइनलको बाटो देखाएका थिए । हालपनि युभेन्टस त्यस्तै अवस्थामा रहेको छ । युभेन्टसलाई क्वाटर फाइनल प्रवेश गर्नको लागि उत्कृष्ट पुनरागमन्को आवश्यकता रहेको छ ।

आजनै हुने अर्को खेलमा डर्टमण्ड र सेभेलिया भिड्दै छन्।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send