च्याम्पियन्स लिगमा चेल्सी, बोरुसिया डर्टमण्ड र सेभिया विजयी


च्याम्पियन्स लिगमा चेल्सी, बोरुसिया डर्टमण्ड र सेभिया विजयी

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह चरणका खेलहरुमा  चेल्सी,  बोरुसिया डर्टमण्ड र सेभिया विजयी भएका छन् ।

समूह ए अन्तर्गत खेलमा लण्डन क्लब चेल्सीले फ्रेन्च क्लब रेन्सलाई ३–० ले हरायो ।चेल्सीका लागि टिमो वेर्नरले २ तथा टोबी अब्राहमले १ गोल गरे ।

यसै समूहको अर्को खेलमा स्पानिस क्लब सेभियाले क्रासडोनरलाई ३–२ ले हरायो । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै सेभियाले पुनरागमन जित हात पारेको हो । पहिलो हाफको अन्तिम समयमा जेसस नाभास रातो कार्ड पाउ मैदान बाहिरिएपछि सेभियालाई धक्का लाग्यो ।

एक गोलले पछि अनि एक खेलाडी कम रहेको अवस्थामा सेभियाले दोस्रो हाफमा उत्कृष्ट खेल्दै दुई गोल गर्यो । युसेफ एन नेसरीले ६९ औं र ७२औं मिनेटमा लगातार दुई गोल गरेपछि सेभियाले जित हात पारेको हो ।

समूह ‘जी’ को खेलमा बार्सिलोना र युभेन्ट्सको जित
स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको तेस्रो खेलमा जित निकालेको छ । युभेन्ट्सले दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै समूह ‘जी’ को बार्सिलोनाले समूह चरणमा लगातार तेस्रो जित न…

समूह ईमा लगातार दोस्रो जितपछि चेल्सी र सेभियाले समान ७ अंक जोडेका छन् । यी दुई टोलीले पहिलो खेल एक आपसमा बराबरी खेलेका थिए । समान अंक भएपनि गोल अन्तरमा चेल्सी अगाडि रहँदै शीर्ष स्थानमा छ । जितविहीन क्रासनोडर र रेन्सोको समान १–१ अंक छ ।

समूह एफ अन्तर्गत खेलमा जर्मन क्लब बरुसिया डर्टमण्डले बेल्जियम क्लब ब्रुगलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा इटालियन क्लब लाजियो र रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गले १–१ को बराबरी खेलेका छन् ।

ब्रुगको मैदानमा डर्टमण्डलाई जिताउन एर्लिङ ब्रट हालान्डले दुई गोल गरे । त्यसअघि थोर्गन हाजार्डले १४औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । हालान्डले १८औं र ३२ औं मिनेटमा लगातार गोल गरेपछि डर्टमण्डले ३–० को अग्रता बनाएको हो । त्यसपछि भने गोल हुन सकेन ।

अर्को खेलमा लाजियोले जेनिथसँग बराबरी खेल्दै अंक १-१ बराबरी भाग लगाएको  छ ।

दोस्रो जित हात पारेको डर्टमण्ड ६ अंकसहित समूह एफको शीर्ष स्थानमा छ । ५ अंक जोडेको लाजियो दोस्रो स्थानमा छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...