बिहीवार चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । कारोबारको १ घण्टाको अवधिसम्म यस कम्पनीको शेयरमूल्य ९ दशमलव ९१ प्रतिशतले बढेको हो ।
सवा १ घण्टाको कारोबार अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३४ ले बढेर अन्तिम मूल्य रू. ३७७ पुगेको हो ।
कम्पनीको यस अवधिसम्म १२ लाख १९ हजार ७५ कित्ता शेयर खरीद माग रहेको छ विक्री कर्ता भने देखिएका छैनन् ।