http://bit.ly/bajajdurbartimes

खुल्याे चन्द्रागिरीकाे आइपीओ, कति गर्ने आवेदन


खुल्याे चन्द्रागिरीकाे आइपीओ, कति गर्ने आवेदन

चन्द्रागिरी हिल्सको आज शुक्रबार (पुस २४ गते) बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ४% अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५% अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ ।

बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । चन्द्रागिरीको आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यस आइपीओमा लगानीकर्ताले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयमा सबै आइपीओ बिक्री नभएमा भने माघ ९ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ ।यसमा शेयर पर्न भने भाग्यकै भर पर्ने देखिएकाे छ । त्यसैले १० कित्ता आवेदन गर्दा पर्याप्त हुने देखिन्छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन पाइनेछ ।

यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो । कम्पनीले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ ।

1

३० जना भाग्यमानी, जसले इन्फ्रास्टक्चर बैंककाे ५ हजार कित्ता शेयर पाउँदैछन्

2

काेटा प्रणाली तत्काल नहट्ने , यस्ताे छ कारण

3

अनिलकाे अर्धशतक , कर्णालीले पायाे १९६ रनकाे लक्ष्य

4

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसले दियाे बागमती प्रदेशलाई १ सय १२ रनको लक्ष्य

5

साताकाे पहिलाे दिन सुनकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ काराेबार?

6

शंकर पाेख्रेलः नेपालज्यू एमालेविरुद्ध घात भएन ?


Share Tweet Send