ग्लोबल आईएमई क्यापिटलले चन्द्रागिरी हिल्स लिमिटेडको प्रिअलटमेन्ट आज गर्ने भएको छ । बिक्री प्रबन्धक क्यापिटलले कम्पनीको आइपीओको प्रिअलटमेन्ट आज गर्ने बताएको हो ।
त्यस्तै, क्यापिटलले शुक्रबार सम्ममा चन्द्रागिरीको आइपीओ बाँडफाँड गरिसक्ने जनाएको छ । क्यापिटलका अनुसार ढिलोमा शनिबार बिहान सम्ममा कम्पनीको शेयर बाँडफाँड भइसक्नेछ ।
चन्द्रागिरीले यस अघि पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो।
कम्पनीको शेयरमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन्।
कहिले हुन्छ चन्द्रागिरीकाे आइपीओ बाँडफाँड, ११ लाख भन्दा बढीकाे हात खाली हुने
१२ लाख ५१ हजार १० जनाले किन्न चाहेको चन्द्रागिरी हिल्सको आइपीओ यसै साता बाँडफाँड
हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले
आगामी शुक्रबारसम्ममा चन्द्रागिरीको आइपीओ बाँडफाँड गर्ने जनाएको हो । कम्पनीले पुस २४ देखि २८ गतेसम्म प्रति कित्ता एक सय अंकित मूल्यको दरले क…
