राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज चन्द्रपुर र नेपाल पुलिस भिड्दै । ललितपुर स्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो २:०० बजे सुरुहुनेछ ।
चन्द्रपुरविरुद्ध मैदान उत्रदा नेपाल पुलिस सहज जितको खोजीमा हुनेछ । नेपाल पुलिस लिगमा दोस्रो जित निकाल्न समेत चाहन्छ । दुवै टोलि आजको खेलमा सहज जित निकाल्दै अंक तालिकामा सुधार लेराउन चाहन्छन ।
४ खेलमा १ खेलमा जित २ खेल बराबरी र १ खेलमा हार बेहोरेको नेपाल पुलिस ५ अंक सहित अंक तालिकाको चौथौं स्थानमा छ भने आजको खेलमा जित हात पार्न सके अंक तालिकाको दोस्रो स्थानमा उक्लन चाहन्छ । त्यस्तै ४ खेलमा १ खेल जित र ३ खेल हार्दै चन्द्रपुर अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा छ भने आजको खेलमा जित हात पार्न सके अंक तालिकाको चौंथौ स्थानमा उक्लिन चाहन्छन् ।