durbar-times

म्यानचेस्टर सिटीलाई हराउदै चेल्सी एफए कपको फाइनलमा


म्यानचेस्टर सिटीलाई हराउदै चेल्सी एफए कपको फाइनलमा

प्रिमियर लिगलिडर म्यानचेस्टर सिटीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै चेल्सीले एफए कपको फाइनलमा स्थान बनाएको छ।

शनिबार राति वेम्बले रंगशालामा भएको खेलमा १–० गोलको जितका साथ चेल्सी फाइनलमा प्रवेश गरेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफको ५५ औं मिनेटमा हाकिमी जियाचले जितका लागि निर्णायक गोल गरेका थिए।

म्यानचेस्टर सिटीले खेलमा दबाब बनाए पनि जित निकाल्न सकेन।

अब सेमिफाइनलको विजेता चेल्सीले फाइनलमा लेस्टर सिटी र साउथह्याम्टनको विजेतासँग भिड्नेछ। दोस्रो सेमिफाइनल खेल आज राति हुँदैछ भने फाइनल खेल मे १५ मा हुनेछ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send