एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज दुई ठुला क्लब चेल्सी र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ ।
चेल्सीले घरेलु मैदानमा टोटेनहमको सामना गर्नेछ । चेल्सी र टोटेनहमबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
टोटेनहमविरुद्ध मैदान उत्रदा चेल्सी जित निकाल्ने योजनामा हुनेछ । तर, बलियो टिमविरुद्ध चेल्सीलाई जित निकाल्न सहज भने हुने छैन ।
चेल्सी ९ खेलमा १८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । टोटेनहमलाई हराउँन सकेमा चेल्सीले शीर्ष स्थानको लिभरपुलसँगको अंक बराबरी गर्नेछ।
यता, टोटेनहम ९ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । चेल्सीलाई हराएर टोटेनहम शीर्ष स्थानमा उक्लन चाहन्छ ।