http://bit.ly/bajajdurbartimes

चेल्सीद्वारा वेस्ट ह्याम पराजित


चेल्सीद्वारा वेस्ट ह्याम पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामलाई ३-० गोलले पराजित गरेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई पराजित गरेको हो ।

जितसँगै १४ खेलबाट २५ अंक जोडेको चेल्सी पाँचौं स्थानमा पुगेको छ । चेल्सीका लागि थिएगो सिल्भाले एक र ट्यामी अब्राहमले दुई गोल गरेका थिए । पराजित भएको वेष्ट ह्याम २१ अंकसहित दशौं स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा बर्नलीले उल्भ्सलाई २–१ ले पराजित गरेको छ । जितसँगै १३  खेलबाट १३ अंक सहित बर्नली १६ औं स्थानमा छ । पराजित भएको उल्भ्स १४ खेलमा २० अंक सहित एघारौ स्थानमा छ ।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send