http://bit.ly/bajajdurbartimes

चेन्नई र कोलकत्ता भिड्दै


चेन्नई  र कोलकत्ता भिड्दै

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) साविक उपविजेता चेन्नई सुपर किङ्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधाबीमा चेन्नई आफ्नो छैटौं र कोलकत्ता पाँचौं खेलका लागि मैदान उत्रने छन् । चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा चेन्नई तेस्रो खोजीमा हुनेछन् । अघिल्ला पाँच खेलमा चेन्नईले २ जित र ३ हार व्यहोरेको थियो ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई ५ खेलमा ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

तर, छैटौं खेलमा भने कोलकत्तालाई हराएर चेन्नई अंक तालिका सुधार गर्न चाहन्छ ।

दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता पनि तेस्रो जितको खोजीमा हुनेछ । कोलकत्ताले अघिल्ला ४ खेलमा २ जित र २ हार व्यहोरेको थियो । कोलकत्ता चौंथो स्थानमा रहेको छ ।

चेन्नईविरुद्ध कोलकत्ताले दिनेशसँगै आन्द्रे रसेल, इयान मोर्गन, कुलदिप यादव, पाट कुमिन्स जस्ता खेलाडी मैदान उतार्ने छन् ।

चेन्नईसँग भने धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसिस, साम करण, केदार जाधब, पियुस चावला, लुंगी एनजिडी, रबिन्द्र जडेजा जस्ता खेलाडीको साथ रहने छ ।

1

पिएम कपको चौथो संस्करणको छैटौं दिन आज दुई खेल हुँदै

2

आजको राशिफल

3

तोडफोड गर्ने खतरा भएपछि प्रदेश १ को संसदभित्रका कुर्सी वेल्डिङ

4

लियोनल मेसीलाई दुई खेल प्रतिबन्द

5

ओलीलाई भित्तामै पुर्‍याइदिन्छु: प्रचण्ड

6

प्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर


Share Tweet Send