durbar-times

छिछोरेलाई बेष्ट फिल्म अवार्ड


छिछोरेलाई बेष्ट फिल्म अवार्ड

सोमबार भारतमा ‘६७ औं नेशनल फिल्म अवार्ड’को घोषणा गरिएको छ । सन् २०१९ मा रिलिज भएका चलचित्रहरुको आधारमा भारत सरकारले विभिन्न विधामा ‘नेशनल फिल्म अवार्ड’को घोषणा गरेको हो ।

यो बर्षको उत्कृष्ट चलचित्रको अवार्ड नायक सुशान्त सिंह राजपुत र नायिका श्रद्धा कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘छिछोरे’ले प्राप्त गरेको छ । यस्तै, चलचित्र ‘मणिकर्णिका र पंगा’बाट नायिका कंगना रनावतले ‘उत्कृष्ट नायिका’को अवार्ड प्राप्त गरेकी छिन् ।

सअघि कंगनाले सन् २००८, २०१४, २०१५ मा पनि ‘नेशनल फिल्म अवार्ड’ जितिसकेकी छिन् । यस्तै, मनोज बाजपेयी र धनुषले ‘उत्कृष्ट नायक’को अवार्ड जितेका छन् । उत्कृष्ट ‘सह–नायक’को अवार्ड विजय सेतुपतिले जित्दा ‘उत्कृष्ट गायक’को अवार्ड ब्री प्राकले जितेका छन् ।

पल्लवी जोशीले ‘उत्कृष्ट सह–नायिका’को अवार्ड जित्दा ‘उत्कृष्ट सम्पादन’को अवार्ड चलचित्र ‘जर्सी’ले प्राप्त गरेको छ ।

यो अवार्ड भारतका राष्ट्रपतिको हातबाट प्रदान गरिन्छ ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send