durbar-times

जलेर बालकको मृत्यु


जलेर बालकको मृत्यु

महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गए राति ९ बजेको समयमा श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक आकाश सुतिरहेको अवस्थामा ओछ्यान नजीकै बालेर राखिएको दियो बालकले हातगोडा चलाउँदा लडेर ओछ्यानमा आगो सल्किन गई बालकको शरीरको दाहिने भाग जलेर गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि गए राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकामा आज बिहान उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ( रा स स )

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send