राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने


राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाण्डाै | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री तथा जनमोर्चाका अध्यक्ष केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

निमोनियाबाट थलिएका केसीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनलाई कोरोना पाेजेटिभ पनि देखिएको छ । केसीको उपचारमा खर्च अभाव भएपछि राष्ट्रिय जनमोर्चाले बुधबार सहयोगको अपिल गरेको थियो ।

राष्ट्रिय जनमाेर्चाका अध्यक्ष केसीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनयता अस्वस्थ रहेका केसीको बुधबार पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो । राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसा…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...