Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त


चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । चेल्सीले सोमबार मुख्य प्रशिक्षक लाम्पार्डलाई बर्खास्त गरेको हो ।

इंग्ल्यान्डका पूर्व मिडफिल्डर लाम्पार्ड १८ महिनापछि नै बर्खास्तमा परेका हुन् । क्लबले खराब प्रदर्शनलाई कायम राखेपछि चेल्सीले लाम्पार्डलाई बर्खास्त गरेको हो ।

यस सिजन चेल्सी २९ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ । लाम्पार्डको स्थानमा चेल्सीले थोमस टुचेललाई ल्याउने तयारी गरेको बताईएको छ ।

चेल्सीले गत वर्षको असारमा लाम्पार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । चेल्सीले लाम्पार्डलाई ३ वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

४२ वर्षीय लाम्पार्ड च्याम्पियनसिप क्लब डर्बी काउन्ट्रीको बसाई बिट मार्दै लण्डन क्लब आएका थिए ।

लाम्पार्डले खेलाडी जीवनमा चेल्सीमा १३ वर्ष बिताएका थिए । लाम्पार्डले ६ सय ४८ पटक क्लबबाट खेलेका थिए । उनले चेल्सीमा रहदाँ मुख्य ११ उपाधि जितेका थिए ।

1

अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालत पुगे प्रचण्ड

2

साताको पहिलो दिन घट्यो सुनको मुल्य

3

पिडुँला देखाएर सांसद भएको भन्ने रघुजी पन्तको अभिव्यक्तिप्रति कोमल वलीको यस्तो जवाब

4

पीएसजीको सहज जित,एमबाप्पेको उत्कृष्ट प्रधर्शन

5

आजको राशिफल

6

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे समूह परिवर्तन , अब १७ वटा परिसूचक रहने


Share Tweet Send