सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्ने तयारी गरेको छ । आईपिओलाई लक्षित गरी इक्रा रेटिङमा रेटिङ सिटिजन लाईफले ट्रिपल बी– रेटिङ पाएको छ ।
इन्स्यारेन्सले सर्वसाधारणका लागि ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ जारी गर्नका लागि रेटिङ्ग गराएको थियो । इक्रा रेटिङमा रेटिङ गराउँदा बीबीबी– रेटिङ पाएको हो । जीवन बीमा कम्पनीहरुमध्येमा पाएको यो उत्कृष्ट रेटिङ हो । ट्रिपल बी– रेटिङले कम्पनीको वित्तीय अवस्था निकै बलियो रहेको पुष्टि हुन्छ ।
इक्राले देशैभरि ११३ वटा शाखा, १५ हजार भन्दा बढि अभिकर्तासहितको बलियो कम्पनीको रुपमा व्याख्या गरेको छ ।
धितोपत्र बोर्डले सर्वसाधारणमा आईपीओ जारी गर्नुपूर्व प्रत्येक कम्पनीलाई अनिवार्य क्रेडिट रेटिङ्ग गराउनुपर्ने व्यवस्था गरेको छ । अब धितोपत्र बोर्डबाट अनुमति पाएपछि आईपीओ निष्कासन गर्ने कम्पनीको तयारी छ ।