कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू


कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू गरिएको स्पष्ट गरेको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी सबै विद्यालयमा कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू गरिएको स्पष्ट पारेको हो ।

कतिपय विद्यालयले पुरानै पाठ्यक्रम अनुसार पढाएको गुनासो आएपछि मन्त्रालयले निर्देशन जारी गर्नु परेको मन्त्रालयका उपसचिव विदुरराज गिरीले जानकारी दिए ।

अभिभावक तथा विद्यार्थीलाई पनि नयाँ पाठ्यक्रम पढाइ हुने निश्चित भएपछि मात्रै भर्ना गर्न र गराउन मन्त्रालयले आग्रह गरेको छ । पाठ्यक्रम लागु भए–नभएको अनुगमन गर्न भने सम्बन्धित स्थानीय तहलाई जिम्मेवारी दिइएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...