http://bit.ly/bajajdurbartimes

क्लिन फिड लागू भएपछि रोकिएका यी च्यानलहरु पुनः सञ्चालनमा


क्लिन फिड लागू भएपछि रोकिएका यी च्यानलहरु पुनः सञ्चालनमा

पुस १, काठमाडौ । सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् । विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महीनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ ओटा च्यानल मंगलवारबाट पुनः सञ्चालनमा आएको हो ।    

विदेशी ब्रोडकास्टरले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसकेका कारण प्रसारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापनरहित प्रसारणमा आएको डिसहोम मिडिया प्रालिले बताएको छ । डिसहोम मिडिया प्रालिका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुुसार स्टार नेटवर्कअन्तर्गत स्टार प्लस, स्टार गोल्ड, स्टार भारत, स्टार मुभिज, स्टार गोल्ड, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट, स्टार प्लस एसडी, स्टार उत्सभ मुभिजलगायत च्यानल विज्ञापनरहित प्रसारणमा आएका छन् ।    

उनका अनुसार विदेशी ब्रोडकास्टले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसक्दा तथा आएका उपकरणसमेत करीब एक महीनाभन्दा बढी भन्सार कार्यालयमा रोकिंदा च्यानल पुनः सञ्चालनमा आउन समय लागेको हो ।  रासस

1

विप्लवकाे बन्द, कहाँ के भयाे ?

2

कार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

3

यी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

4

रोनाल्डोले विश्व कीर्तिमान नराखेको दाबी

5

पीएम कपः एपिएफ र सुदूरपश्चिम ब्याटिङ गर्दै

6

जिदानलाइ काेराेना संक्रमण,संकटमा म्याड्रिड


Share Tweet Send