http://bit.ly/bajajdurbartimes

चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँट , अधिकतम ८० कित्ता


चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँट , अधिकतम ८० कित्ता

चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको आफ्नै कार्यालय नक्साल काठमाडौंमा बुधबार (पुस १५ गते) दिउसो ३ बजे आइपीओ बाँडफाँड भएको हो । जसमा १० देखि ७० कित्तासम्मको लागि आवेदन दिनेले माग अनुसार नै सेयर पाएका छन्  । त्यस्तै, ८० कित्तादेखि ३ हजार ६० कित्तासम्मको लागि आवेदन दिनेले समान ७० कित्ता सेयर पाएका छन्  ।

८० कित्तादेखि ३ हजार ६० कित्ताको लागि आवेदन दिने ३५ सय ६१ जनाबाट गोलाप्रथा गरेर ११ सय ६३ जनाले थप १० किता सेयर हात पारेका छन्  । यता, ८० देखि ३ हजार ६० कित्तासम्मको लागि आवेदन दिएका तर गोलाप्रथाबाट १० कित्ता सेयर नपाएका २३ सय ९८ जना मध्येबाट गोलाप्रथा गरि ९ जनालाई थप १ कित्ता सेयर प्रदान गरिएको छ  । यस हिसाबमा लगानीकर्ताले अधिकतम ८० कित्तासम्म सेयर पाएका छन्  ।

यो आइपीओमा ४८ सय ८ जनाले आवेदन दिएको मध्ये २०४ जनाको आवेदन रद्द भएको छ । योग्य ४६ सय ४ जना आवेदकलाई मात्र  सेयर बाँडफाँड गरिएको छ । चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि पुस १ गतेसम्ममा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ जारी गरेको थियो । यसमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४,६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु) तथा साविकको महादेवस्थान गाविसका वडा नं ३,४,५,६,७ र ८ का बासिन्दाले आवेदन दिन सक्ने व्यबस्था थियो ।

साथै, मकवानपुर जिल्ला अन्तर्गतको थाहा नगरपालिका वडा नं ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नेपाली नगरिकले आवेदन दिन सक्ने व्यबस्था थियो । यसले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ । स्थानीयलाई बिक्री गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ खुला गर्नेछ ।

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send