durbar-times

चन्द्रागिरीकाे मूल्यमा सकारात्मक सर्किट , अत्याधिक माग


चन्द्रागिरीकाे मूल्यमा सकारात्मक सर्किट , अत्याधिक माग

लगातार बढिरहेकाे चन्द्रागिरी हिल्सकाे मूल्यमा आजपनि सकारात्मक सर्किट लागेकाे छ । चन्द्रागिरीकाे शेयर आज ६९८ मा काराेबार सुरू भएर ७३१ पुगेकाे छ । याे मूल्य आइतबार काराेबार बन्द भएकाे ६६५ रूपैँयाकाे ९.९२ प्रतिशत अर्थात ६६ रूपैँया बढी हाे ।

काराेबार सुरू भएकाे दिनदेखि लगातार उकालाे यात्रा गरिरहेकाे याे कम्पनी आज पनि आफ्नाे यात्रालाइ निरन्तर अगाडी बढाउन सफल भएकाे छ। लगानीकर्ताहरूकाे उच्च मागमा पर्ने गरेकाे याे कम्पनीकाे शेयर बेच्ने लगानीकर्ताहरू भने अत्याधिक कम रहने गरेका छन् ।

अहिले पनि याे कम्पनीकाे ८ लाख ५८ हजार कित्ताभन्दा बढी माग भैरहेकाे छ भने बेच्नेकाे संख्या शून्य रहेकाे छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send