durbar-times

कमेडी च्याम्पियन सिजन– २ आज बाट


कमेडी च्याम्पियन सिजन– २ आज बाट

स्ट्यान्डअप कमेडी सो कमेडी च्याम्पियन सिजन– २ को आजबाट सुरु हुँदै छ ।

कमेडी च्याम्पियन–२ का लागि ६ हजार १८० डिजिटल अडिसन प्राप्त भएको आयोजकले जनाएको छ । काठमाडौं बोलाएर फिजिकल अडिसन गरेर आयोजकले उत्कृष्ट २४ प्रतियोगी छनोट गरिसकेको छ ।

सो कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमबाट एकसाथ प्रशारण हुने छ भने ओएरआर डिजिटलबाट पनि सोही समय लाइभ हुने निर्देशक भण्डारीले बताए । सो हरेक हप्ता सुक्रवार र शनिबार राती १० बजे प्रशारण हुने छ ।

‘थ्रि प्रोडक्सन’को निर्माण कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । कार्यक्रमको होस्ट रीमा विश्वकर्माले नै गर्ने छिन् ।

विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । पहिलो सिजनको विजेता हिमेश पन्त बनेका थिए।  पहिलो सिजन आर्थिक अभावका कारण हिमेशले पुरस्कार पाउना ढिलाई भएको थियो । यो वर्ष आर्थिक अभाव झेल्नु नपर्ने भन्दै निर्देशक विशाल भण्डारीले कन्टेन्टमा केन्द्रित हुने बताएका छन् ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send