पुराना कम्युनिष्ट नेता वीरबहादुर लामाको


पुराना कम्युनिष्ट नेता वीरबहादुर लामाको

मकवानपुरका पुराना कम्युनिष्ट नेता तथा नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का ‘ब्रेकर’का रुपमा पनि चिनिने पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहेका लामाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि अस्पताल भर्ना भएका थियो । उनको आज बिहान निधन भएको लामाकी छोरी श्रमिक लामाले जानकारी दिइन ।

उत्तरी मकवानपुरको फाखेलका स्थायी बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको  बताइन्छ । जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र तीव्र विवाद भएपछि अशोक राईको नेतृत्वमा लामासहित नेताले तत्कालीन नेकपा एमाले परित्याग गरेका थीए ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...