कांग्रेसको टाउको नगन्न प्रवक्ता शर्माको चेतावनी, ५ वर्ष सरकारमा नजाने स्पष्टोक्ति


कांग्रेसको टाउको नगन्न प्रवक्ता शर्माको चेतावनी, ५ वर्ष सरकारमा नजाने स्पष्टोक्ति

काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पाँच वर्ष सरकारमा नजाने स्पष्ट पारेका छन् ।

सत्तारुढ नेकपामा आन्तरिक विवाद चर्किँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सहकार्यका लागि सभापति देउवालाई प्रस्ताव गरेको समाचार बाहिरिए पछि शर्माले पनि सरकारमा सहभागी हुने योजना नभएको प्रष्ट पारेका हुन्।

यो पनि: प्रधानमन्त्री ओली र सभापति देउवाबीच तीन घन्टा भेटवार्ता : यस्ता विषयमा गरियो छलफल

ट्वीट मार्फत् धारणा सार्वजनिक गर्दै शर्माले लेखेका छन्, ‘कांग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ। अतः कुनै पनि भड्कावबाट टाढा रहनेछौं।’ उनले नेकपाको द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको भन्दै नेपाली कांग्रेस नरपेक्ष रहेको बताएका छन्। उनले भनेका छन्– ‘यता र उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्।’


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...