durbar-times

कांग्रेसले पदाधिकारी बैठक बोलायो


कांग्रेसले पदाधिकारी बैठक बोलायो

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो दुई बजे पदाधिकारी बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका थिए। कांग्रेसले ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको अवस्थामा छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छिन् ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send