durbar-times

कांग्रेस संसदीय दलको बैठक बस्दै


कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ | नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ ।

बैठक अपराह्न १ बजे सङ्घीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्दैछ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा प्रतिपक्षी दलका रुपमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिए ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले त्यसविरुद्ध विभिन्न चरणमा देशव्यापी विरोध प्रदर्शन गरेको थियो । प्रतिनिधिसभाको पुनःस्थानापछि भने कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई पक्षमध्ये कुनसँग सहकार्य गर्ने भन्ने सम्बन्धमा बहस जारी रहेको अवस्थामा संसदीय दलको बैठकमा सो बारेमा समेत सांसदको राय लिइने बताइएको छ ।

प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो । सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःस्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका छन् ।रासस

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send