http://bit.ly/bajajdurbartimes

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आज देशभर प्रदर्शन गर्दै


प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आज देशभर प्रदर्शन गर्दै

काठमाडौं | प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । काँग्रेसले आज काठमाडौंसहित देशका १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो ।

विरोध प्रदर्शनका लागि केन्द्रीय नेताहरु सम्भव भएसम्म आफ्नै निर्वाचन क्षेत्रमा सहभागी हुनेछन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा कोटेश्वरको विरोध प्रदर्शनमा सहभागी हुनेछन् भने प्रकाशमान सिंह क्षेत्र नम्बर १ को प्रदर्शनमा सहभागी हुनेछन् ।

आजको विरोध प्रदर्शनको समीक्षा गरेपछि मात्रै अर्को विरोधको प्रारूप तयार गर्ने काँग्रेसले जनाएको छ । जारी केन्द्रीय समिति बैठकलाई केही दिन स्थगित गरी प्रदर्शनको तयारी गरेको छ ।

संस्थापन इतरका नेताहरु भने संसद विघटन असैंवधनिक कदम भएकाले पुनर्स्थापनाको मागसहित पार्टी सडकमा जान जोड दिइरहेका छन् ।

1

युभेन्ट्स सेमिफाइनलमा

2

बार्सिलोना स्पेनिस कोपा डेल रेको क्वाटरफाईनलमा प्रवेश

3

पुरुष पिएम कप आज दोस्रो सेमि फाइनल

4

महिला लिगमा आज दुई खेल हुँदै

5

आजको राशिफल

6

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड हुने समय तय


Share Tweet Send