नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ७७ जना निको भएका छन् ।
पछिल्लो समय नेपालमा हरेक दिन १ सयभन्दा कम संक्रमित फेला पर्न थालेका थिए । तर, दुई दिन यता संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । सोमबार १५० जनामा संक्रमण पुष्टि भएको थियो ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ जना पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार १ सय २८ जना सक्रिय संक्रमित छन् ।
योसँगै निको हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ । मन्त्रालयका अनुसार ९८.५ प्रतिशत संक्रमित निको भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ । हाल ४८ जना क्वारेन्टाइनमा छन् ।