http://bit.ly/bajajdurbartimes

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार नाघ्यो


भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ७५ हजार ११६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १९ हजार ५५६ संक्रमित थपिएको तथ्यांक छ । सोही अवधीमा ३०१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या १ लाख ४६ हजार १११ पुगेको छ ।

यसैबीच, कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १६ लाख ९९ हजार २३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार ७७५ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ५ लाख २४ हजार ६५ संक्रमित थपिएका छन् ।

विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ७ करोड ६२ लाख ५० हजार ४३१ पुगेको छ ।

1

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड हुने समय तय

2

महिला लघुवित्तले आईपीओ बिक्री गर्ने

3

हार्याे पुलिस , एपिएफ फाइनलमा

4

पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि

5

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज

6

आईपीएल अक्सनको मिति र स्थान तोकियो


Share Tweet Send