भारतमा पछिल्लो २४ घण्टामा ५९ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यस्तै, ३२ हजार ९ सय १२ संक्रमित निको भएका छन् भने २५७ को मृत्यु भएको छ । भारतमा एकै दिनमा पुष्टि भएको संक्रमितको यो संख्या गएको अक्टोबर १८ तारिख पछि कै उच्च हो ।
भारतमा हालसम्म १ करोड १८ लाख ४६ हजार ८२ मानिस कोरोनाद्वारा संक्रमित भइसकेका छन् । यीमध्ये १ करोड १२ लाख ६२ हजार ५०३ जना निको पनि भइसकेका छन् जबकी १ लाख ६० हजार ९८३ बिरामीले ज्यान गुमाएका छन् । यस्तै ४ लाख १७ हजार ४६ हजार ८२ बिरामीको उपचार चलिरहेको छ ।