पछिल्लो २४ घण्टामा १९ सय ८० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १८ हजार ८८४ कोरोनाका सक्रिय संक्रमित छन्।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७ जना संक्रमित देखिएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा ८६६७, भक्तपुरमा ६२८ र ललितपुरमा १४९८ जना सक्रिय संक्रमित छन्।
सोमबार ३ हजार ४३ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।
सोमबार मात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। नेपालमा कोरोनाबाट १३ सय ३७ जनाको मृत्यु भएको छ।