नेपालमा पछिल्लो २४ घण्टामा १,३४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार ५८९ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप २१२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २० हजार २७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५५१ पुगेको छ ।