थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८७८


थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८७८

पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या १८२९२३ पुगेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा १८७८  जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुने संक्रमितको संख्या ३८४४ रहेको छ। यससँगै हालसम्म कोरोना संक्रमित भएर पनि निको हुनेको संख्या १४४९७८ पुगेको छ।

हाल मुलुकमा ३६९११ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ३०१३१ जना होम आइसोलेसन र ६७८० संस्थागगत आइसोलेसनमा रहेका छन्।

२४ घण्टामा ३० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...