नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
२४ घण्टामा काठमाडौं उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३२५ महिला र ३९८ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा १३४ जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १५६७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख १८ हजार १ सय १६१ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५३८ पुगेको छ।